• जिल्ला अनुगमन इकाईको सचिवालय जिल्ला हुलाक कार्यालय/ हुलाक सेवा निर्देशनालयमा रहने छ ।

जिल्ला अनुगमन समितिको काम कर्तव्यहरुः​​​​​​​

  • ​​​​​​​जिल्ला स्थित सार्वजनिक निकायमा सूचना माग गरेको विवरण तथा सूचना दिएको वा दिन इन्कार गरेको विवरणको छुट्टा छुट्टै अभिलेख राखे, नराखेको अनुगमन गर्ने,
  • जिल्ला स्थित सार्वजनिक निकायले ऐनको दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन गरे, नगरेको अनुगमन गर्ने,
  • जिल्लास्थित सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गरे, नगरेको अनुगमन गर्ने र त्यसरी अनुगमन गर्दा सूचना अधिकारीको व्यवस्था नभएको देखिएमा सूचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिने,
  • जिल्ला अनुगमन इकाईको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ,
  • सूचनाको हकको कार्यान्वयन तथा अनुगमन गर्न जिल्ला अनुगमन इकाईका लागि आयोगले आवश्यक रकम जिल्ला हुलाक कार्यालय/हुलाक सेवा निर्देशनालयमा उपलब्ध गराउन सक्नेछ,
  • जिल्ला हुलाक कार्यालय/हुलाक सेवा निर्देशनालयले जिल्ला अनुगमन इकाईको प्रत्येक महिनाको खर्चको फाँटवारी मन्त्रालय र आयोगमा पठाउनु पर्नेछ ।