• प्रशासनिक
  • पालिका हुलाक कार्यालयहरुसँग समन्वय र अनुगमन गर्ने ।
  • जिल्ला तथा मातहतका कार्यालयहरुको आर्थिक तथा प्रशासनिक काम गर्ने ।
  • हुलाक सेवा विभाग र गोश्वारा हुलाक कार्यालयमा नियमित प्रतिवेदन गर्ने ।
  • विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने ।
  • पालिका हुलाक कार्यालयहरु व्यवस्थापन गर्ने ।
  • समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने ।
  • हुलाक सेवा सञ्चालन सम्बन्धमा विभागमा सुझाव पेस गर्ने ।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने ।
  • विनियोजित बजेट र प्राप्त अख्तियारी बमोजिम ऐन नियमको दायरा भित्र रही खर्च लेख्ने ।
  • कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई कार्य विवरण दिने ।
  • पालिका हुलाक कार्यालयहरुको अनुगमन निरिक्षण गरी प्रतिवेदन गर्ने ।
  • अनुगमनका क्रममा जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा देखिएका कमि कमजोरीलाई सुधार गर्न लगाउने सुधारको लागि विभागमा लेखि पठाउने ।
  • पालिका हुलाकको कार्यालय प्रमुखहरुको हाजिरी, बिदा, दण्ड पुरस्कारको विवरण माग गरी गर्न लगाइ अभिलेख राख्न लगाउने ।
  • कर्मचारीको हाजिरी, बिदा, पदपूर्ति तथा रिक्त पदहरुको विवरण अद्यावधिक गर्ने, रा.प.अनं पदहरुको पदपूर्तिको लागि लोकसेवा आयोगमा लेखि पठाउने ।
  • नीतिगत, सैद्दान्तिक एवं असुलउपर गर्ने वेरुजुहरु छलफल गरी फरफारक गर्ने गराउने ।
  • लेखाको तोकिएको ढाँचामा समयसीमा भित्र वित्तिय विवरणहरु तयार गर्ने गराउने ।
  • पोष्टवक्स वितरण, नविकरण एवं सञ्चालन गर्ने ।
  • हुलाक ऐन २०१९ हुलाक नियमावली २०२० मा भएको दण्ड सजायँ सम्बन्धी व्यवस्था अनुसार जरिवाना गर्ने, सचेत गराउनेसम्मका सजायँ गर्ने ।
  • सेवा प्रवाह व्यवस्थित गर्न डिजिटल सेवा (आन्तरिक डाँक ट्रयाकिङ् राजश्व अभिलेख, टिकट अभिलेख आदि) सञ्चालन गर्ने ।