४.१. प्रशासन शाखाः

  • डाँक सञ्चालन गर्न तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझ्ने/बुझाउने व्यवस्था गर्ने ।
  • तालुक निकायबाट आएका पत्र, परिपत्र र निर्देशनहरुको कार्यालय प्रमुखको समन्वयमा उत्तर प्रतिउत्तर जानकारी गराउने, प्रतिवेदन, विवरण उपलब्ध गराउने तथा अभिलेख सूरक्षित राख्ने ।
  • कर्मचारी प्रशासन सम्बन्धमा नियुक्ति पदस्थापन कार्यविवरण सम्बन्धि कार्य गर्ने र रमाना तयार पार्ने ।
  • कार्यालयको कामलाई ज्यादा प्रभावकारी बनाउनको लागि कार्यालय प्रमुखको समन्वयमा समय समयमा कर्मचारी बैठक बसाई माइन्युट तयार गरी निर्देशन प्रवाह गर्ने, निर्णय कार्यान्वयन गर्ने गराउने ।
  • समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने ।
  • अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रवन्ध गर्ने ।
  • गोश्वारा हुलाक कार्यालय र हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
  • विभागबाट सहमती लिई कर्मचारी व्यवस्थापन गर्ने ।
  • पालिका हुलाक कार्यालयहरु अनुगमत तथा व्यवस्थापन गर्ने ।
  • समय समयमा हुलाक सेवा विभागले लगाएको विभिन्न कार्य गर्ने ।
  • हुलाक सेवा सञ्चालन सम्वन्धमा विभागमा सुझाव पेस गर्ने ।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्धन गर्ने ।
  • हल्कारा/हुलाकीहरुलाई काममा खटाउने खटाइएको ठाउँमा तोकिए वमोजिम कार्य भए नभएको अनुगमन गर्ने ।
  • हल्काराहरुलाई समयमा हुलाक वस्तु बुझी वितरण गर्न लगाउने ।
  • समयमा कार्य सम्पन्न गरे नगरेको अनुगमन निरिक्षण गरी तोकिएको समय भित्र कार्य सम्पन्न भएको नदेखिएमा कार्वाही प्रक्रिया अगाडी वढाउने ।
  • कार्यालयमा आएका उजुरी गुनासा माथि अनुसन्धान गर्ने फछ्यौंट गर्ने र निर्णय प्रक्रियामा जानु पर्ने अवस्थामा हुलाक अधिकृत समक्ष पेस गर्ने ।
  • कुल खर्चको १ प्रतिशत भन्दा वढी वेरुजु हुन नदिने र भएको वेरुजु ९० प्रतिशत फछ्यौंट गराउने।
  • पदीय दायित्व अनुसारका कर्मचारीहरुको हाजिरी बिदाको अभिलेख राख्ने ।
  • कार्यालय परिसर सरसफाई गर्न लगाउने । (हरेक महिनाको मसान्त)
  • दर्ता चलानी फाइलिङ्गलाई चुस्त दुरुस्त वनाउने ।
  • सरुवा बढुवा नियुक्त्तिका टिप्पणी उठाउने सदर गराउने ।
  • मासिक, त्रैमासिक, वार्षिक विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
  • नियमानुसार रोयल्टी र नविकरण दस्तुर लिने ।
  • छापामाध्यमको लागि लोककल्याणकारी विज्ञापन प्रकाशन (पत्रपत्रिका) अन्तर्गत जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिको सचिवको जिम्मेवारी निर्वाह गर्ने ।
  • कार्यालयसँग सम्बन्धित महत्वपूर्ण निर्णयको लागि ३ तहको टिप्पणी तयार गरी स्वीकृतिको लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
  • लोककल्याणकारी विज्ञापन अन्तर्गत सूचिकृत पत्रपत्रिकाको सम्पादन/प्रकाशनहरुको विवरण अद्यावधिक गर्ने ।
  • विज्ञापन बोर्डबाट आउने बित्तिकै प्रत्येक महिनाको विज्ञापनको सूचना पत्रपत्रिकालाई प्रेषण गर्ने ।
  • जिल्ला स्तरीय सिफारिस तथा अनुगमन समितिको पदाधिकारीको विवरण अद्यावधिक गर्ने ।
  • मासिक रुपमा अनुगमन तथा भुक्त्तानी सिफारिसको लागी समितिको बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने ।
  • कार्यालयमा आउनेहुने अतिथिहरुलाई सत्कार गर्ने‚ आदरको साथ रेस्पोन्स गर्ने ।
  • गुनासो तथा उजुरी व्यवस्थापनमा गुनासो अधिकारीलाई सहयोग गर्ने ।
  • लोककल्याणकारी विज्ञापन अन्तर्गत पत्रपत्रिकाको रुजु तथा सर्टिङ गरी अभिलेख राख्ने ।
  • नियमित वैठकको समिक्षा गर्ने ।
  • मासिक बैठक समय तालिका, एजेण्डा निर्धारण गर्ने ।
  • मासिक प्रगति प्रतिवेदन तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
  • तोकिएबमोजिम अन्य कार्यहरु गर्ने ।

४.२. डाँक शाखाः

  • बाह्य जिल्ला (गोश्वारा हुलाक कार्यालय तथा रसुवा ) बाट डाँक थैलो प्राप्ति तथा वितरण गर्ने ।
  • जिल्ला भित्रको आन्तरिक डाँक (पालिका हुलाक तथा अतिरिक्त्त हुलाक) सञ्चालन (डाँक थैलो प्राप्ति तथा वितरण) गर्ने ।
  • हुलाक वस्तु वितरण गर्ने ।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने ।
  • हुलाक बस्तुको संकलन, ढुवानी र वितरण कार्यलाई प्रभावकारी बनाउने ।
  • आन्तरिक तथा वैदेशिक द्रुत डाँक सेवा सम्बन्धी काम गर्ने ।
  • हुलाक वस्तुको संकलन तथा वितरणको कार्य अनिवार्य रुपमा PITS प्रविष्ट गराई सेवा प्रवाह गर्ने गराउने यसको लागि नियमित रुपमा अनुगमन /सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने ।
  • आन्तरिक तथा वैदेशिक डाँकहरुको अभिलेख तौल आइटम छुट्टिने गरी राख्ने ।
  • DPO बाट वितरण हुने डेलिभरी एजेन्ट र अतिरिक्त्त हुलाक कर्यालयको प्रतिनिधिलाई हुलाक वस्तु हस्तान्तरण गर्ने‚ सो को रेकर्डिङ‚ रिपोर्टिङ गर्ने ।
  • डेलिभरीको डाटा PITS मा र अभिलेख किताव (गुगल/एक्सेल सिट) मा इन्ट्री गर्ने ।
  • लोकल डेलिभरी सेक्सन मार्फत DPO भित्रको इन्टर्नल डेलिभरी सदरमुकाम स्थित जिल्ला प्रशासन‚ सरकारी वकिल र जिल्ला अदालत जस्ता सरकारी कार्यालयहरुको पार्सल‚ र.पु. आदि वितरण गर्ने र सो को रेकर्डिङ रिपोर्टिङ राख्ने । (सोहि दिन)
  • वट्टार‚ विदुर‚ त्रिशुली‚ कोलनी‚ गंगटे सम्मको EMS वितरण गर्ने । (सोहि दिन)
  • दैनिक डाँक सञ्चालन गर्ने ।
  • ठेगाना पत्ता नलागेका पत्रहरुलाई सम्बन्धित कार्यालयमा नै फिर्ता पठाउने ।
  • दैनिक कार्य सम्पादन अभिलेख किताब राख्ने ।
  • डाँक ट्र्याकिङ किताव (गुगल/एक्सेल सिट) मा इन्ट्री गर्ने ।
  • समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिकको लागि आवश्यक तयारी गर्ने ।
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन तयार गर्ने ।

४.३. टिकट शाखाः

  • टिकट प्राप्ती र भण्डारण गर्ने ।
  • दैनिक रुपमा आवश्यक टिकट बिक्री गर्ने ।
  • टिकटको रेकर्डिङ र रिपोर्टिङ राख्ने ।
  • टिकट माग गर्ने‚ टिकट दाखिला गर्ने‚ अभिलेख राख्ने ।
  • स्थानिय हुलाक कार्यालयलाई उज्राति टिकट पठाउने टिकट माग फाराम संकलन अभिलेख राख्ने ।
  • टिकट अभिलेख किताव (गुगल/एक्सेल सिट) मा दैनिक इन्ट्री गर्ने ।
  • विभिन्न समयमा विभिन्न दरका हुलाक टिकटको मौज्दात अनुसार मासिक फाँटवारी बनाउने, टिकट व्यवस्थापन कार्यालयबाट टिकट माग गर्ने ।
  • प्रत्येक वर्ष उज्राती टिकटको भर्पाइ गराउने वा नविकरण गराउने ।
  • टिकट विक्री बापतको रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने, गराउने ।
  • सम्बन्धित निकायमा टिकटको मौज्दात अवस्थाको प्रतिवेदन पेश गर्ने ।
  • टिकटको माग तथा वितरणको लागि विभागले तयार गरेको सूचना प्रणाली Postal Ticket Management system (PTMS) सञ्चालन गर्ने ।
  • कार्यालयले तोकेका अन्य कार्यहरु गर्ने ।

४.४. जिन्सी शाखाः

  • चालु आ.व.को स्वीकृत बजेटको परिधिभित्र रहि हुलाक कार्यालयहरु संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमानै खरिदको लागि व्यवस्था मिलाउने।
  • खरिद भएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच गरी/गराई आम्दानी बाँध्ने र भुक्तानिको लागि कार्यवाही चलाउने ।
  • मातहत कार्यालयहरुबाट समय समयमा माग भए वमोजिम मौज्दातबाट सामानहरु आपूर्ति गर्ने गराउने र सोको जिन्सी खाता अद्यावधिक गराउने ।
  • कार्यालयका शाखाहरु तथा मातहतका स्थानीय हुलाक कार्यालयहरुलाई उपलव्ध गराइएका सामानहरुको अभिलेख (सहायक जिन्सी खाता) व्यवस्थितरुपमा राख्न लगाउने ।
  • माग फारम, खरिद आदेश तथा दाखिला फारम तयार गरि स्वीकृतिको लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
  • PAMS (Public Assests Management System) को संचालन, व्यवस्थापन र अद्याविधक गर्ने ।
  • खर्च हुने र खर्च नहुने सामानहरुको स्पष्ट एवं व्यवस्थित जिन्सी अभिलेख राख्ने व्यवस्था मिलाउने ।
  • कार्यालयको भवन लगायतका सम्पत्तिको रेखदेख निरीक्षण गर्ने, आवश्यक भए मर्मत संभारको प्रबन्ध मिलाउने ।
  • कार्यालयको विजुली तथा टेलिफोन, फ्याक्स, कम्प्यूटर र फोटोकपि मेशिन ठीक अवस्थामा भए नभएको हेर्ने र ठीक हालतमा राख्न लगाउने ।
  • कार्यालयको भौतिक साधनहरु टुटफुट भए नभएको नियमित रुपमा निरिक्षण गरी मर्मत गराउन आवश्यक कार्यवाही गर्ने ।
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन तयार गर्ने ।

४.५. लेखा शाखाः

  • चालु तथा पुँजीगत बजेट निकासा लिने ।
  • कर्मचारीको तलब भत्ता तथा अन्य सेवा सुविधा भुक्तानी गर्ने ।
  • तलबी प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराउने ।
  • बजेट तयारी सम्बन्धी कार्य गर्ने ।
  • आम्दानी जम्मा गर्ने र अभिलेख राख्ने सम्बन्धी कार्य गर्ने ।
  • वित्तिय प्रतिवेदन प्रकाशन तथा सम्बन्धित निकायमा पेश गर्ने ।
  • निकाशा खर्चको श्रेस्ता अद्यावधिक राख्ने ।
  • कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने ।
  • थप रकमको आवश्यक परेमा समयभित्रै निकाशा लिने व्यवस्था मिलाउने ।
  • कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासनसम्बन्धी राय सल्लाह दिने ।
  • प्रचलित कानून अनुसार विनियोजन, धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने, राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धित निकायमा पठाउने ।
  • कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बिमा, सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने ।
  • कार्यालयको मासिक आम्दानी खर्चको विवरण तयार गरी सार्वजनिक गर्ने ।
  • आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तीम लेखा परीक्षण गराउने ।
  • आन्तरिक लेखा परीक्षण तथा अन्तीम लेखापरीक्षणवाट औल्याइएका बेरुजुको लागत खडा/अद्यावधिक गर्ने र फछ्यौटको लागि लेखि पठाउने ।
  • कर्मचारीहरु‌को तलवी प्रतिवेदन पास गराउने ।
  • आर्थिक प्रशासन सम्बन्धी तोकिदिएका अन्य कार्य गर्ने ।

४.६. काउन्टर शाखाः

  • हुलाक वस्तु दर्ता गर्ने ।
  • हुलाकबाट प्रदान गरिएका सेवाहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने ।
  • हुलाक बस्तुको संकलन गर्ने र टिकट विक्रि कार्यलाई सेवाग्राही मैत्री बनाउने ।
  • दिनभरी संकलन भएको हुलाक बस्तु ४ वजे पछी डाँक शाखा (Mail agency) मा पठाउने ।
  • हुलाक वस्तुको रेकर्डिङ र रिपोर्टिङ राख्ने ।
  • कार्यालयले तोकेका अन्य कार्यहरु गर्ने ।
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन तयार गर्ने ।