प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११

परिचय

वि.सं २०३९ सालमा जिल्ला हुलाक कार्यालय, नुवाकोट स्थापना भएको र यस भन्दा पहिलेबाट नुवाकोट त्रिशुली बजारको त्रिशुली कोलनीमा रहेको दर्ता हुलाक कार्यालयबाट सेवा सुविधा प्रदान गर्दै आएको जानकारी प्राप्त छ । त्यसको साथै छोटी हुलाक कार्यालयको नामले समेत चिनिन्थ्यो ।

हाल यस कार्यालयको २ वटा पक्की भवन विदुर नगरपालिका - २ मा २ रोपनी क्षेत्रफलमा बनेको छ । यस कार्यालयकै दर्ता हुलाक कोलनी त्रिशुलीमा १ रोपनि क्षेत्रफलमा बनेको कच्ची भवन छ । जिल्ला भर ११ वटा हुलाक कार्यालय (स्थानिय तह) छन् ।

जस अन्तर्गत २ वटा हुलाक कार्यालय (हुलाक कार्यालय तारकेश्वर गाउँपालिकाहुलाक कार्यालय सूर्यगढी गाउँपालिका) आफ्नै भवनमा संचालित छन् । हुलाक कार्यालय शिवपुरी गाउँपालिकामा स्थानीय तहबाट उपलब्ध गराइएको कोठामा सञ्चालन भइरहेको छ । त्यसै गरी हुलाक कार्यालय लिखु गाउँपालिका, थान्सिङको भवन भुकम्पले पूर्ण रुपमा क्षती भई पुनः निर्माण हुन नसकेको भएता पनि कर्मचारीले निशुल्क रुपमा उपलब्ध गराएको घरमा कार्यालय संचालन भईरहेको छ । बाँकी ७ वटा हुलाक कार्यालय घर भाडामा लिई सञ्चालन गरिएको छ ।

हुलाक कार्यालय सूर्यगढी गाउँपालिकाको ३ कोठे भवन जिल्ला प्राविधिक कार्यालय नुवाकोटले बनाई संचालनको लागि जिम्मेवारी दिएको तर जग्गा नामसारी हुन बाँकी रहेको छ । हुलाक कार्यालय दुप्चेश्वर गाउँपालिकाको नाममा र हुलाक कार्यालय किस्पाङ गाउँपालिकाको नाममा आफ्नै जग्गा भएता पनि भवन निर्माण हुन सकेको छैन ।

यस कार्यालय अन्तर्गत ५० वटा अतिरिक्त हुलाक कार्यालय रहेकोमा मिति २०८१/०४/०९ मा ११ वटा खारेज भई हाल ३९ वटा अतिरिक्त हुलाक कार्यालयहरु सञ्चालनमा रहेकामा यो त्रैमासिकमा ३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भई हाल ३६ वटा अतिरिक्त हुलाक कार्यालय संचालनमा रहेका छन् । जुन अतिरिक्त हुलाक कार्यालय कर्मचारीको स्वंयमको घरबाट नै सञ्चालन गरिएका छन् ।