• डाँक रेखा
  • डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/बुझाउने व्यवस्था गर्ने ।
  • समयानुकुल डाँक रेखा निर्माण तथा अद्यावधिक गर्ने ।
  • अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धि समन्वय र प्रबन्ध गर्ने ।
  • हुलाक वस्तु ढुवानीको लागि जिल्ला मातहत रहेका हुलाक कार्यालयसम्म डाँक परिवहन व्यवस्था मिलाउने ।
  • सर्टिङ्ग सूची राम्रोसंग कार्यान्वयन गर्ने, डाँक परिवहन ठिक समयमा भएको छ छैन हुलाक वस्तुको ठिक समयमा संकलन भएको छ छैन आदि कुराहरुको सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउने ।
  • हुलाक वस्तुको संकलन, ढुवानी, दर्ता, वितरण, आयात र निर्यात गर्ने कार्यलाई छिटो छरितो र प्रभावकारी रुपमा गर्न लगाई नियमानुसार तोकिएको समय भित्र कार्य सम्पन्न गर्न लगाउने । आन्तरिक इ.एम.एस सेवालाई प्रभावकारी रुपमा सन्चालन गर्ने ।
  • PITS को नियमित अनुगमन /सुपरिवेक्षण गरी प्रभावकारी रुपमा सन्चालनमा ल्याउने ।
  • वैदेशिक हुलाक वस्तु (इ.एम.एस./ पार्सल) मा लागेको भन्सार महसुल, मुल्य अभिवृद्धी कर, अन्तशुल्क, लगायतका करहरु संकलन गरी राजश्व खातामा दाखिला गर्ने ।